नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा आबद्ध रहेको आरोपमा मुद्दा दायर

सोमबार, २४ असार २०८१, ११ : १३

काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा आबद्ध रहेको आरोपमा मधेस प्रदेशको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, महोत्तरी (लेश्वर) मा आठौँ तहमा कार्यरत चिकित्सक संगीताकुमारी साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साहविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जलेश्वरमा आठौँ तहको होमियोप्याथी चिकित्सकतर्फ करारमा कार्यरत साहले सेवा प्रवेश गर्दा पेश गरेका योग्यताका प्रमाणपत्रमध्ये बिहार संस्कृत शिक्षा बोर्डद्वारा सञ्चालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण शैक्षिक प्रमाणपत्र झुठा देखिएपछि प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको बताए ।

सोमबार, २४ असार २०८१, ११ : १३

प्रतिक्रिया