१६ र १९ सिटर विद्युतीय गाडी ल्याउदैँ दिगोले नेपाली बजार

सोमबार, २४ असार २०८१, १५ : २२

काठमाडौँ - विद्युतीय गाडी कम्पनी दिगोले नेपाली बजारमा आफ्नै ब्रान्डका १६ र १९ सिटर विद्युतीय गाडी ल्याउने भएको छ । १०० किलोवाट पीक पावर प्रदान गर्ने मोटर भएको १६ सिटर दिगो ईभी ५ नाम दिएको गाडीमा ५० किलोवाट आवर क्षमताको ब्याट्री आउनेछ ।

यसैगरी ईभी ६ नामक १९ सिटर गाडीमा १२० किलोवाट पीक पावर प्रदान गर्ने मोटर र ८६ किलोवाट आवर क्षमताको ब्याट्री आउने कम्पनीले जनाएको छ  । विश्वकै सबैभन्दा ठुलो ब्याट्री निर्माता सिएटीएलले बनाएको लिथियम आयन फस्फेट ब्याट्री भएको १६ सिटर गाडीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर गुड्ने र १९ सिटर भने यस सेगमेन्टकै सबैभन्दा धेरै रेन्ज ४०० किलोमिटर सम्म गुड्ने दिगोले दाबी गरेको छ ।

दिगोले मूल्य नतोके पनि अहिले बजारमा भएको अन्य गाडीहरू भन्दा उपयुक्त मूल्यमा र ग्राहकलाई बढी फाइदा हुने गरी यी गाडीहरू भित्राउन लागेको जनाएको छ ।  बजारको माग हेर्दै दसैँलाई लक्षित गरेर ल्याउन लागिएको उक्त १६ र १९ सिटर गाडीको बुकिङ भने अहिलेदेखि नै खुला भएको छ। बुकिङ खुलेको छोटो समयमै २५ वटा १६ सिटर र १३ वटा १९ सिटरको बुकिङ भइसकेको पनि दिगोले सार्वजनिक गरेको छ ।


 

 

 

       

सोमबार, २४ असार २०८१, १५ : २२

प्रतिक्रिया