एसयूभी कर्भ अगष्ट ७मा सार्वजनिक हुदैँ

आइतबार, ३० असार २०८१, १६ : ३६

काठमाडौं- टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित एसयूभी कर्भलाई आगामी अगष्ट ७ तारिखमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यसअघि थुप्रै पटक परीक्षणको क्रममा देखाएको कुपे डिजाइन एसयूभी अगष्ट २२ तारिखमा सार्वजनिक गर्ने भएको हो ।

टाटाले कर्भ एसयूभीलाई इलेक्ट्रीक र कम्बस्चन इन्जिनमा ल्याउने भएको हो । कम्पनीले सबैभन्दा पहिला इलेक्ट्रीक मोडलमा कर्भ ल्याउने छ । त्यसपछि मात्रै पेट्रोलियम पदार्थबाट चल्ने मोडल ल्याउने छ । कुपे डिजाइनमा बनेको कर्भ ‘एक्ट ईभी प्लेटफर्म’मा बनेको हो ।

ग्राउण्ड अप डिजाइनमा तयार भएको डेडिकेटेड प्लेटफर्म प्रयोग भएको कर्भ ईभीले ५०० किलोमिटरसम्म रेन्ज दिने विभिन्न रिपोर्टहरुले प्रकाशित गरेको छ । टाटा कर्भलाई भारतको जैसलमेयर र लदाखको एक्ट्रीम वातावरणमा परीक्षण गरिरहेको भिडियो टिजर सार्वजनिक गरेको होे । टिजरमा देखिए अनुसार कर्भमा स्लोपी रुफलाइन, फ्रन्ट र रियरमा कनेक्टेड लाइट सेटअप, फ्ल्स डोर ह्याण्डल, क्लोज अफ ग्रिल दिइएको छ । कर्भ ईभीमा मार्डन फिचरको रुपमा १२.३ इन्चको टचस्कृन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, भेन्टिलेटेड सिट तथा प्यानारोमिक सनरुफ रहने छन् । कर्भमा सेफ्टी फिचरका रुपमा ६ वटा एयरव्याग, ३६० डिग्री क्यामरा, लेवल २ एडासमा लेन किप असिस्ट, अटोनोमस ब्रेकिङ, एडप्टीभ क्रुज कन्ट्रोल रहने छ ।

टाटा मोटर्सले ब्याट्री प्याकको बारेमा आधिकारीक जानकारी नदिएता पनि चार्जिङ स्पीड, मोटर, रेन्जका आधारमा कर्भ ईभीमा दुई थरी ब्याट्री अप्सन रहने छ । कर्भ ईभी मिडियम रेन्ज ९एमआर० र लङ रेन्ज ९एलआर० गरी दुई अप्सनमा आउनेछ । टाटा कर्भमा एसी फास्ट चार्जिङ, डीसी फास्ट चार्जिङ, भीटूएल, मल्टी ड्राइभ मोड, धेरै लेवलको रिजेनेरेसन अप्सन रहनेछ । टाटाले यसै वर्षको सूरुवातमा भारत मोविलीटी शोमा देखाएको टाटा कर्भ डिजल भेरियन्टमा १।५ लिटरको इन्जिन रहेको थियो । टाटा कर्भको लम्बाई ४३०८ एमएम, चौडाई १८१० एमएम तथा १६३० एमएमको उचाई रहनेछ । यसमा २५६० एमएम लामो ह्वीलवेस रहने छ ।

कर्भ एसयूभीमा बुट स्पेश ४२२ लिटरको हुनेछ । साथै २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स सहित यसलाई टाटाले बजारमा ल्याउने छ ।

आइतबार, ३० असार २०८१, १६ : ३६

प्रतिक्रिया