नेपालमा पहिलो पटक प्लगइन हाइब्रिड मोडल ल्याउदैँ  एमजी

सोमबार, ३१ असार २०८१, ११ : १३

काठमाडौं-  एमजीले पहिलो पटक नेपालमा प्लगइन हाइब्रिड मोडल ल्याउन लागेको छ । आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले प्लगइन हाइब्रिड मोडल एचएस नेपाल ल्याउने भएको हो । कुन मितिमा एचएस नेपाल आइपुग्छ भन्ने एकिन जानकारी भने बाहिर आएको छैन ।

वेलायतमा चलिरहेको गुडउड फेस्टीवलमा जुलाई ११ तारिखमा एमजीले नयाँ एचएस प्लगइन हाइब्रिड कार सार्वजनिक गरेको छ । अटोकार यूकेका अनुसार यो एसयूभीमा पहिलेभन्दा धेरै इन्टेरियर स्पेश, प्लगइन हाइब्रिड पावर ट्रेनमा क्लास लिडिङ इलेक्ट्रीक रेन्ज रहेको छ ।

एमजीले यस एसयूभीमा १.५ लिटर क्षमताको ४ सिलिन्डर टर्बो पेट्रोल इन्जिन र १५४ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिएको छ । यसमा इलेक्ट्रीक मोटरलाई पावर दिन २४.७ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा १२० किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा १० स्पीडको इडीयू गियरबक्स छ । जसमा पेट्रोल इन्जिनको लागि ६ स्पीड अटोमेटीक र इलेक्ट्रीक मोटरको लागि ४ स्पीड अटोमेटीक गियरबक्स पाउन सकिन्छ ।

नयाँ एचएस हाइब्रिड मोडल फिचर लोडेड हुनेछ । एमजी पाइलट फिचर पाउन सकिने एसयूभीमा वायरलेस चार्जर, सिक्स वे एड्जस्ट गर्न मिल्ने ड्राइभिङ सिट, ८ वटा स्पीकर, ३६० डिग्री क्यामेरा, किलेस इन्ट्री जस्ता फिचर छन् ।

सुरक्षाको लागि एसयूभीमा अटोनोमश इमर्जेन्सी ब्रेकिङ, लेन किप एसिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पर्ट मोनिटरङ सिस्टम लगायतका फिचर छन् । एचएस मोडलमा १२.३ इन्चका दुई डिस्प्ले दिइएको छ । एउटामा इन्फर्मेशन र अर्कोमा इन्टरटेन्टमेन्ट पाउन सकिन्छ । सबै लाइट एलइडी प्रयोग भएको एसयूभीमा १९ इन्चको अलोय ह्वील दिइएको छ 

सोमबार, ३१ असार २०८१, ११ : १३

प्रतिक्रिया