“Hyundai Festive Delight 2080” अफरको विजेता घोषित

सोमबार, ३१ असार २०८१, १२ : ४७

काठमाडौँ - हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको “Hyundai Festive Delight 2080" अफरको बम्पर विजेताको नाम घोषणा गरेको छ ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ६ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई Exter जित्ने मौका थियो । “Hyundai Festive Delight 2080" अफरको विजेताको घोषणा “Hyundai Festive Delight 2080 " मा लक्की ड्र मार्फत २०८१ असार ३१ गते, ११ बजे गरिएको थियो । 

सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल रहेका थिए । “Hyundai Festive Delight 2080 " अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत, सुनसरी का ईन्द्र प्रसाद गुरागाइ, कुपन नम्बर ५३, अलायन्स मोटर्स प्रा लि, हुन्डाइ बिर्तामोड का ग्राहकले  हुन्डाई  Exter जितेका छन्  ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र “Hyundai Festive Delight 2080” योजना मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा
प्रदान गर्ने लक्ष्य लिएको थियो ।

सोमबार, ३१ असार २०८१, १२ : ४७

प्रतिक्रिया