काठमाडौँ - अवतार ब्रान्डको नेपालका लागि आधिकारिक वितरक सीजी इभोलुसनले अवतार ११ प्रिमियम ईभी छिट्टै नेपाली बजारमा लन्च हुने घोषणा गरेको छ ।
सो गाडी आगामी नाडा अटो शो २०२४ मा सोकेश गरिने कम्पनीको भनाइ छ । इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनका लागि एक कदम अगाडि बढेको मानिने सो ईभी चांगान अटोमोबाइल, सीएटीएल ब्याट्री र हुवावे टेक्नोलोजीको रणनीतिक सहकार्यबाट उत्पादन भएको उत्कृष्ट उत्पादन मानिन्छ । विभिन्न फरक र विशेष विशेषताका कारण अवतार ११ ले नेपाली बजारमा पनि फरक पहिचान कायम गर्ने कम्पनीको भनाइ छ ।
यसमा भएका विभिन्न विशेषता यस प्रकार रहेका छन् । अत्याधुनिक ब्याट्री प्रविधि – विश्वकै प्रतिष्ठित ब्याट्री निर्माता कम्पनी सीएटीएलको सहकार्यमा विकास गरिएको ब्याट्री प्रयोग भएको अवतार ११ ले रेन्ज, पर्फमेन्स र गाडीको आयु बढाउनमा भूमिका खेल्छ ।इनोभेटिभ डिजाइन-अटोमोटिभ डिजाइनमा विशेषज्ञ मानिने चांगान अटोमोबाइलले डिजाइन गरेको अवतार ११ को स्लिक र एरोडाइनामिक एक्सटेरियरले एस्थेटिक अपिल र फङसनल इफिसियन्सी दुवै बढाएको छ ।
प्रतिक्रिया