कोइलाबास भन्सारले गर्‍यो लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

विहीबार, ०३ साउन २०८१, १५ : ०४

काठमाडौँ - दाङको कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा ३९ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ ।

कोइलाबास भन्सार कार्यालयले गत आर्थिक वर्षमा रु एक करोड ४० लाख ७६ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख दीपक शर्माले जानकारी दिए । भन्सार कार्यालयले गत आर्थिक वर्षका लागि रु एक करोड एक लाख ३८ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । 

भारतबाट प्यूठानको स्वर्गद्वारी, दाङको चौघेरा, रिहारलगायत धार्मिक क्षेत्रको भ्रमणका लागि आउने तीर्थयात्रीका सवारी साधनबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षका लागि रु एक करोड ६३ लाख छ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको छ ।

विहीबार, ०३ साउन २०८१, १५ : ०४

प्रतिक्रिया