काठमाडौँ - सिराहा भन्सार कार्यालयले गत आर्थिक वर्षमा नौ करोड ४६ लाख आठ हजार र छोटी भन्सार कार्यालले ४६ लाख ५० हजार तीन सय ७४ गरी रु नौ करोड ९२ लाख ५८ हजार तीन सय ७४ राजस्व सङ्लकन गरेको छ ।
सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाले जानकारी दिए। कार्यालयले गत आवमा ११ करोड ९९ लाख ५५ हजार राजस्व असुली गर्ने लक्ष्य लिएको थियो । सिराहा भन्सार कार्यालय प्रमुख तोयानाथ सापकोटाका अनुसार आव २०८०\८१ मा राजस्व चुहावट, चोरी पैठारी रोक्न नियमित भन्सार गस्तीबाट छ सय ११ मुद्दा चलाई पाँच करोड ६८ लाख १३ हजार ३१ असुली भएको छ । तीमध्ये भन्सार गस्तीबाट ३३, सशस्त्र प्रहरीबाट चार सय ९० र जनपथ प्रहरीबाट ८८ मुद्दा दर्ता भई सो रकम असुली भएको हो ।
चालु आवमा रु १२ करोड १२ लाख ९२ राजस्व उठाउने लक्ष्य भन्सार कार्यालयले पाएको छ । भन्सार कार्यालय प्रमुख सापकोटाले गत वर्षको राजस्व असुलीमा आर्थिक मन्दीको प्रत्यक्ष असर परेको बताए।‘ भारततर्फ जयनगर बजार जाने बाटो स्तरीय नरहेकाले ठूला गाडीमा व्यापारिक र औद्योगिक वस्तुको आयात नहुँदा पनि राजस्व असुलीमा असर परेको हो’, उनले भने, आव २०७९\८० मा रु १९ करोड ९५ लाख ४६ हजार राजस्व असुल गर्ने लक्ष्य लिएकामा नौ करोड ३६ लाख १० हजार मात्र संकलन भएको थियो ।
प्रतिक्रिया