काठमाडौँ - १ वर्षमा नेपालमा १२ हजार १४७ वटा विद्युतीय गाडी भित्रिएका छन्। एकै वर्षमा १२ हजार सबैभन्दा धेरै विद्युतीय गाडी भित्रिएर रेकर्ड कायम राखेको हो।
११ सिट माथीका विद्युतीय माइक्रोबाहेक कार, जिप र भ्यान सेगमेन्टमा १२ हजार १४७ भित्रिँदा ११ देखि २५ सिटसम्मका विद्युतीय भ्यानरबस ८७३ वटा भित्रिएका छन्। एक वर्षमा ३० अर्ब ५१ करोड रुपैयाँका विद्युतीय गाडी भित्रिएका छन्। नेपाल भित्रिनेमा सबैभन्दा बढी ५० देखि १०० किलोवाटसम्मका गाडी छन्।
यसमध्ये ६ हजार ८८५ विद्युतीय गाडी भित्रिएका छन्। दोस्रो वर्गमा ५० किलोवाटसम्मका गाडी छन्। जसमा ४ हजार ५७१ वटा गाडी भित्रिएका छन्। १०१ किलोवाटमाथिका २४५ वटा गाडी भित्रिएका छन्। विद्युतीय गाडीको आयात भारतको तुलनामा चीनबाट धेरै छ।
प्रतिक्रिया