काठमाडौं- आर्थिक वर्ष २०८०/८१ मा विद्युतीय सवारी साधन (ईभी)को आयातले उच्च रेकर्ड बनाएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यो आर्थिक वर्षमा मात्रै ११ हजार ७०१ वटा विद्युतीय कार, जिप र भ्यान आयात भए ।
यो वर्षको आयात आर्थिक वर्ष २०७९/८० को भन्दा झण्डै तीन गुणा धेरै हो । आर्थिक वर्ष २०७९्–८० मा कुल चार हजार ५० वटा मात्रै ईभी भित्रिएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा एक हजार ८०७ वटा ईभी आयात भएकोमा आर्थिक वर्ष २०७७–/७८ मा २४९ मात्रै आयात भएको देखिन्छ । त्यस्तै, आज २०७६/७७ मा ५७५ वटा विद्युतीय कार, जिप र भ्यान आयात भएका थिए।
आर्थिक वर्ष २०८०/८१ तथ्याङ्क हेर्दा उच्च आकर्षण देखिएको छ । यो वर्ष २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपियाँको ईभी आयात हुँदा १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।
पछिल्लो समयमा बिवाईडी, टाटा, डिप्पल, एमजी ब्राण्डका चार पांग्रे ईभी लोकप्रिय देखिएका छन् । संसार भरीनै विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेको अवस्थामा नेपालमा पनि बढ्नु सकारात्मकनै भएको नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालकी कार्यसमिती सदस्य तथा साइमेक्स इंककी निर्देशकले बताईन।
‘विद्युत भनेको हाम्रो आन्तरिक उत्पादन हो। यो उत्पादन उच्चतम प्रयोगका लागि सरकारले पनि विद्युतीय सवारी साधन प्रयोगका लागि प्रोत्साहन गरेकै छ,’ उनले भनिन् ‘त्यस्तै ग्राहकहरुपनि आफैमा सचेत हुनुहुन्छ। उर्जाका लागि आफ्नै उत्पादन प्रयोग गरौं भन्ने उहाँहरुको सोच बढ्दै गएको छ र अन्य अपरेसन कस्टमा पनि ग्राहकलाई फाईदा नै पुग्ने भएकाले विद्युतीय सवारी साधनको लोकप्रियता बढेको हो,।’
प्रतिक्रिया