काठमाडौँ - नेपालमा ओमोडाको लागि आधिकारिक वितरक एस.पि.जि. अटोमोबाइल्स प्रा.लि.ले टि-ट्वान्टि विश्वकप क्रिकेट २०२४ को अवसरमा ल्याएको ‘नेपाल स्कोर्स, ओमोडा ग्रोज’ नामक सामाजिक तथा वातावरणीय उत्तरदायित्व योजना (सि एस आर) अन्तर्गत ३ हजार वटा रूख-बिरुवाको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
ओमोडाले यसै अन्तर्गत दक्षिणकाली नगरपालिकाको डोल्लु समुदाय (डोल्लु सामुदायिक वन) सँगको सहकार्यमा ‘ग्रिन नेपाल, ग्रिनर फ्युचर’ नाराको साथ ‘ओ-फरेस्ट’ को अवधारणा र योजना ल्याएको हो । डोल्लु सामुदायिक वनमा अवस्थित यही ‘ओ-फरेस्ट’मा डोल्लु समुदाय, देशभरका विद्युतीय गाडी ओमोडाका चालक, पारखी तथा ग्राहकहरूको सहभागितामा ५ श्रावणमा वृक्षारोपण सम्पन्न भएको हो । वृक्षारोपण कार्यक्रममा दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
आधुनिक प्रविधि तथा पर्यावरणमैत्री परियोजनाहरू मार्फत वातावरण संरक्षण तथा प्रवर्द्धन गर्ने ओमोडाको दिगो लक्ष्यमा आधारित यो पहलद्वारा विद्युतीय सवारीको प्रवर्द्धन हुनुका साथै डोल्लु सामुदायिक वनका लागि उचित रूखविरूवा पनि रोपिएको छ । यो अभियान दिगो भविष्यप्रति ओमोडाको प्रतिबद्धताको एउटा महत्त्वपूर्ण कदम हो ।
वृक्षारोपण कार्यक्रमले डोल्लु सामुदायिक वनमा रूखको सङ्ख्यामा स्वाभाविक वृद्धि हुनुका साथै त्यहाँ रहेका लोपोन्मुख प्रजातिका वनस्पति तथा जीवजन्तुको संरक्षण तथा संवर्द्धनमा पनि सकारात्मक प्रभाव पार्दछ । एस।.पि.जि. अटोमोबाइल्सले वृक्षारोपण कार्यक्रम अन्तर्गत १५०० रूखविरूवा दक्षिणकालीमा र इलाममा ‘रेड पान्डा नेटवर्क’सँगको सहकार्यमा रेड पान्डाको आरक्षणका लागि थप १५०० रूखरविरूवा पनि रोपेको छ ।
एस.पि.जि. अटोमोबाइल्स, यस्तै व्यावहारिक योजना तथा पहलकदमीहरूद्वारा काठमाडौँमा व्याप्त वातावरण प्रदूषणका नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न आफ्नो भूमिका खेल्दै आइरहेको छ । एस.पि.जि. अटोमोबाइल्स, पर्यावरण प्रवर्द्धन, लोपोन्मुख जीवजन्तु संरक्षण, तथा जलवायु परिवर्तन अनुकूलनको निम्ति एक आपसमा समुदाय वा जुनसुकै निकायसँग सधैँ हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्दछ ।
प्रतिक्रिया