काठमाडौं- नयाँ आर्थिक वर्ष सुरु भएको नौ दिन बितिसक्दा समेत अझै देशभरका एक सय ८८ स्थानीय तहले आर्थिक वर्ष २०८१र८२ को बजेट पेश गर्न सकेका छैनन्।
देशभरका ७५३ स्थानीय तहमध्ये आजका दिनसम्म पाँच सय ६५ स्थानीय तहले मात्र बजेट पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्थानीय तहमा राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा ती स्थानीय तहको बजेट अझै पेश हुन नसकेको हो। कतिपय स्थानीय तहको बजेट पेश गर्ने क्रममा तोडफोडका खबर समेत आएका थिए।
मन्त्रालयका अनुसार मधेश प्रदेशका धेरै स्थानीय तहले बजेट पेश गरेका छैनन् भने कर्णालीका अधिकांशले पेश गरिसकेका छन्।
कोशीमा एक सय ३७ स्थानीय तहमध्ये ३१, मधेशमा एक सय ३६ स्थानीय तहमध्ये ५९, बागमतीमा एक सय १९ स्थानीय तहमध्ये २८ वटा बजेट पेश भएका छैनन्। यस्तै, गण्डकीमा ८५ मध्ये १८, ८५ मध्ये २६, कर्णालीमा ७९ मध्ये नौ र सुदूरपश्चिममा ७९ मध्ये १७ स्थानीय तहमा बजेट पेश भएका छैनन्।
बजेट पेश नहुँदा यस्तो स्थानीय तहमा अहिले बजेट होलिडे भइरहेको छ। यस्तो अवस्थामा स्थानीय तहले बजेट समेत खर्च गर्न पाउँदैनन्।
प्रतिक्रिया