काठमाडौँ- कावासाकीले हाइड्रोजन पावरबाट चल्ने पहिलो मोटरसाइकल सार्वजनिक गरेको छ । इन्टरनल कम्बसन इन्जिन भएको सो मोटरसाइकल कम्पनीले जापानको सुजुका सिटीमा अवस्थित सुजुका सर्किटमा प्रदर्शन गरेको हो । सन् २०२३ को मार्च देखि भइरहेको अनुसन्धानको नतिजा स्वरुप सो मोटरसाइकल विकास भएको हो ।
सो बाइकमा ९९८ सीसी इनलाइन फोर सिलिन्डर सुपरचार्ज्ड इन्जिन छ, जसलाई सिलिन्डरमा सिधै हाइड्रोजन इन्जेक्ट हुने गरी मोडिफाई गरिएको छ । एक्जस्टबाट पानी र आद्र्रतायुक्त हावा निस्किने गरी यसको डिजाइन गरिएको छ ।
कावासाकीका अनुसार पेट्रोल भन्दा हाइड्रोजन छिटो र फराकिलो तापक्रममा बल्छ । कम्पनीले बाइकको विस्तृत विवरण भने सार्वजनिक गरेको छैन । यद्यपि यसको एच२ एसएक्स मोपडलले २१० एचपी पावर र १३७ एनएम टर्क जेनेरेट गर्ने बताइएको छ । हाल प्रोटोटाइप सार्वजनिक गरिएको र सन् २०३० सम्ममा यो बजारमा उपलब्ध हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया