यामाहाले नक्सालमा आफ्नो बहु प्रतिक्षित 'ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने

विहीबार, १० साउन २०८१, १८ : १९

काठमाडौँ - यही  श्रावण १० गते यामाहा नेपालले यामाहा ब्लू स्क्वायर, नक्सालमा आफ्नो बहु प्रतिक्षित ब्लु स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । 

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलहरूबिच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लू स्ट्रिक्स'  एक रोमाञ्चक र नवीन कार्यक्रम हो जसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्नेछ । यामाहा केवल मोटरसाइकल निर्माता मात्र नभएर सवारहरूका लागि अविस्मरणीय अनुभवहरूको निर्माता पनि हो । 

'ब्लु स्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा 'म्यान-मेसिन' अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो । 'ब्लु स्ट्रिक्स' कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । विशेष कार्यक्रमका अवसर र सवारीहरूदेखि लिएर भविष्यमा आउने विशेष प्रमोसन र छुटहरूसम्म प्रदान गरी 'ब्लु स्ट्रिक्स' ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ ।

'ब्लु स्ट्रिक्स'को सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसे ढुङ्गा हो,'एमएडब्लु राइडर्सको सि. एम. व. पुनम सिंहले भने ।'हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।'

 

 

विहीबार, १० साउन २०८१, १८ : १९

प्रतिक्रिया