सुनरा स्कुटरको सुनौलो मनसुन अफर

आइतबार, १३ साउन २०८१, १८ : ०१

काठमाडौँ - सुनरा इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी केटीएम इन्टरनेशनल ट्रेडिङले सुनरा स्कुटरको सुनौलो मनसुन अफर ल्याएको छ ।

कम्पनीले तीन मोडल-रोबो एस, ह्वांक डबल ब्याट्री तथा ह्वांक सिंगल ब्याट्रीमा विशेष छुटको अफर ल्याएको छ। रोबो-एसमा ६० हजार छुट, ह्वांक डबल ब्याट्रीमा रु ५८०००\- हजार र ह्वांक सिंगल ब्याट्रीमा रु ३७०००\- हजार छुट उपलब्ध गराइएको छ।

रोबो-एस :

रोबो-एसमा ३ किलोवाटको पावर क्षमताको मोटर रहेको छ, जसमा ४३०० किलोवाटको पिक पावर छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा लिथियम ब्याट्री उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ८० किलोमिटर प्रति घण्टाको छ। रोबो-एस को एम आर पी  ३,७९,९००र( रहेको छ 

ह्वांक :

ह्वांकमा १८०० वाटको पावर क्षमताको मोटर रहेको छ। ७२ भोल्ट २० एम ए एचको २ ओटा तथा सिंगल लिथियम ब्याट्रीमा उपलब्ध छ, जसले सिंगल चार्जमा १३५ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६५ किलोमिटर प्रति घण्टाको छ। ह्वांक डबल ब्याट्री को एम आर पी रु ३,१७,९००र( रहेको छ भने सिंगल ब्याट्री को एम आर पी रु २,३६,९००\-रहेको छ। 

सुनरा के ५ :

सस्तो रेञ्जको सुनरा के ५ पनि नेपाल भित्रिएको छ। यसमा ४ किलोवाट पिक पावर क्षमताको मोटर उपलब्ध छ। ७२ भोल्ट ३५ एम्पीयर आवरको ग्राफिन ब्याट्री एक पटक फुल चार्ज गर्न ६र ७ घण्टा लाग्छ र १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। यसको टप स्पीड ६० किलोमिटर प्रति घण्टाको छ। यसमा १४५ एमएमको ग्राउन्ड क्लियरेन्स, दुबै तर्फ डिस्क ब्रेक, एलईडी लाइट, स्मार्ट कि, तथा अन्डरसिट बुट स्पेस पाउन सकिन्छ।

सुनरा के ५ को एम आर पी रु १,८९,९००\- रहेको छ । केटीएम इन्टरनेशनलले ईभी स्कुटर बाहेक  बेनेलीका मोटरसाइकल तथा स्कुटर समेत बिक्री गर्दै आएको छ ।


 

 

 

आइतबार, १३ साउन २०८१, १८ : ०१

प्रतिक्रिया