ईभी दिपल एल ०७ को मूल्य ६६ लाख ९९ हजार

सोमबार, १४ साउन २०८१, १४ : ०९

काठमाडौं-  नेपालमा चांगान अन्तर्गत दिपल ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा उपलब्ध हुने अर्को ईभी दिपल एल ०७ को मूल्य औपचारिक रुपमा सार्वजनिक गरेको छ । पहिले भन्सार प्रयोजनका लागि यसको मूल्य ६६ लाख ९९ हजार तोकिएकोमा अब यसको मूल्य ६९ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ । यसका आधारमा पहिले भनिए भन्दा यसको मूल्यमा ३ लाख रुपैयाँ वृद्धि भएको छ ।

नेपाली नयाँ वर्ष २०८१ को शुरुवात देखि नै नेपाली सडकमा यो ईभी सेडानको परीक्षण भइरहेको छ । यद्यपि यसको औपचारिक लन्च भने भएको छैन । आगामी नाडा अटो शोमा यसलाई प्रदर्शन गरिने अनुमान गरिएको छ । यसमा ९९ किलोवाटको मोटर हुनेछ । त्यसैगरी ६६.८ किलोवाट आवरको ब्याट्री छ र यसले फुल चार्जमा ५४० किलोमिटर रेन्ज दिने बताइएको छ । नेपाली बजारमा दिपल एस ०७ पनि पहिले देखि नै उपलब्ध छ । दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचर पाउन सकिन्छ । जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउँछ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो, जसले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।

दिपल एस०७ मा इभी डेडिकेटेड ‘इपीए१ प्ल्याटफर्म’ र ‘रियर ह्विल ड्राइभ सिस्टम’ रहेको छ । कारमा ६६.८ किलोवाट आवरको ब्याट्री प्याक र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज दिने दावी गरिएको छ ।

सोमबार, १४ साउन २०८१, १४ : ०९

प्रतिक्रिया