काठमाडौँ - भदौ ११ गतदेखि सञ्चालन हुने नाडा अटो शोमा रोयल इनफिल्ड र सीएफमोटोले प्रिमियम एडेभेन्चर सेगमेन्टमा नयाँ मोटरसाइकल राख्ने भएका छन् ।
शोमा रोयल इनफिल्डले हिमालयन ४५० र सीएफ मोटोले एमटी ४५० नेपाल ल्याउने छन् । दुबै कम्पनीले नेपाल ल्याउने मोटरसाइकल आगामी दसैँ-तिहारमा बिक्री गर्ने जनाएका छन् भने दुबै मोटरसाइकलको मूल्य पनि १० लाख हारहारी पर्नेछ । रोयल इनफिल्डले हिमालयन ४५० नेपालमै एसेम्बल भएर आउने छ । सीएफ मोटोले भने तयारी मोटरसाइकल नै नेपाल ल्याउने भएको हो ।
प्रतिक्रिया