काठमाडौँ - नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ ।
आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तःशुल्कतर्फ रु २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ रु ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए ।
आव २०८०\८१ मा कार्यालयलाई रु ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उनले बताए । आव २०७९\८० को तुलना गत आवमा कम राजस्व सङ्कलन भएको उनको भनाइ छ । आव २०७९\८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो । गत आवमा अन्तःशुल्कतर्फ मात्र रु ३६ अर्ब राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो ।
प्रतिक्रिया