पायोनियरले ईभी बान्ड ‘जिकर’ सार्वजनिक गर्दै

शुक्रबार, १८ साउन २०८१, १२ : ५५

काठमाडौँ - पायोनियर मोटो कर्पले नेपाली बजारमा इभि ब्राण्ड ‘जिकर’ को जिकर एक्स मोडल सार्वजनिक गर्ने भएको छ ।

जिकर एक्स डुअल–मोटर अल–ह्विल ड्राइभ र सिङ्गल–मोटररियर–ह्विल ड्राइभ गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जानकारी गराएको छ । यी दुवै भेरियन्टमा ६६ किलोवाट आवरको ब्याट्री र लङ्ग रेन्ज मोडलमा ४४० किलोमिटरको डब्लुएलटीपी प्रदान गर्ने विशेषता छ । कम्पनीको अनुसार १५० किलोवाटको डीसी चार्जरसहित गाडीमा रहेको २२ किलोवाटको एसी चार्जरले गाडीलाई चार घण्टाभित्र चार्ज गर्दछ ।

‘नेपाली ग्राकको समयअनुसार आधुनकि जीवनशैलीलाई ध्यानमा राख्दै जकिर ब्राण्डमा सार्वजनकि गररिहेका छौं,’ पायोनयिरका नर्दिेशक सन्दीप कुमार शारडाले भने, ‘नेपाली एसयुभी बजारमा जकिर एक्स नयाँ अनुभव हुने वश्विास छ ।’ जिकर एक्सको इन्टेरियरमा यामाहा अडियो सिस्टम, भेन्टिलेटेड फ्रन्ट सिट, इन्टरर्‍याक्टिभ ककपटिमा १४।६ इन्चको डिस्प्ले र ८.८ इन्चको इन्स्ट्रुमेन्टल प्यानल रहेको कम्पनीले जनाएको छ ।

 

 

 

 

 

शुक्रबार, १८ साउन २०८१, १२ : ५५

प्रतिक्रिया