नाडा अटो शोमा गोगोरोको टेक्नोलोजी र ईभी स्कुटर प्रदर्शन गर्ने

बुधबार, २३ साउन २०८१, १३ : ४६

काठमाडौं- आगामी भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो शो २०२४ मा गोगोरोले अन्य भन्दा फरक प्रविधि प्रदर्शन गर्ने भएको छ ।

गोगोरोको नेपालका लागि आधिकारिक वितरक नेबुला नेबुला मोबिलिटीले ६ सेकेन्डमै फुल चार्ज ब्याट्री पाइने गोगोरोको टेक्नोलोजी र ईभी स्कुटरका तीन मोडल नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने बताएको छ ।

ब्याट्री स्वापिङ प्रविधि

गोगोरोले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको ब्याट्री स्वापिङ प्रविधिलाई प्रदर्शन गर्नेछ । अवलोकनकर्ताहरुले सो प्रविधि परीक्षण गर्न र यसको प्रयोगको वारेमा जानकारी लिन सक्ने छन् । विश्वमै नौलो भएको सो प्रविधि नेपालमा समेत उपलब्ध भइसकेको छ । हाल काठमाडौंका दुई स्थानमा उपलब्ध भइसकेको सो प्रविधि विस्तार गर्ने कार्य समेत भइरहेको छ । यस अनुसार दसैं अगाडि नै काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ४५ स्थानमा सो प्रविधि प्रयोग गर्न सकिने छ । यसका लागि ब्याट्री स्वापिङ स्टेसन निर्माण गरिने छ । उपत्यकाका प्रत्येक स्थान कभर गर्ने गरी निर्माण गरिने स्टेसनले कभरेजको आधारमा हाल उपलब्ध पेट्रोल पम्प भन्दा बढी क्षमता प्रदान गर्नेछ ।

ब्याट्री स्वापिङ स्टेसनमा पहिले नै चार्ज गरेर राखिएका ब्याट्री हुन्छन् । इलेक्ट्रिक स्कुटर प्रयोगकर्ताले आफ्नो चार्ज सकिएको ब्याट्री निकालेर चार्ज भएको ब्याट्री आफ्नो स्कुटरमा राख्न सक्छन् । यसका लागि लाग्ने आवश्यक रकम सबै अनलाइन रुपमै ट्रान्सफर गर्न सकिन्छ । यही नै ब्याट्री स्वापिङको महत्वपूर्ण कार्य हो । यद्यपि यसका लागि स्कुटर कम्पनीहरुले पनि त्यसै अनुसारको ब्याट्री विकास गरेको हुनुपर्छ । गोगोरोले हाल आफ्नै स्कुटर पनि विकास गरेको छ भने अन्य स्कुटर निर्माता कम्पनीहरुसँग पनि यसका लागि आवश्यक सहकार्यको आह्वान गरेको छ ।

pulse-gogoro

ब्याट्री स्वापिङ स्टेसनमा यसरी ब्याट्री स्वापिङ कार्य गर्दा करिव ६ सेकेन्ड मात्र लाग्ने कम्पनीको भनाइ छ । यसले गर्दा चार्जका लागि लामो समय लाग्ने झन्झट हुँदैन भने रेन्जको समस्या पनि हुँदैन । तीन आकर्षक इलेक्ट्रिक स्कुटर प्रदर्शन गरिने
गोगोरोका तीन नयाँ इलेक्ट्रिक स्कुटर सो अवसरमा प्रदर्शन गरिने छ । गोगोराका पल्स, जेगो र जीएक्स २५० स्कुटर उपलब्ध हुने नेबुला मोबिलिटीले बताएको छ । गोगोरो पल्स गोगोरोको प्रिमियम इलेक्ट्रिक स्कुटर हो । गोगोरोको पहिचान कायम गर्नमा विशेष भूमिका खेलेको गोगोरो पल्सलाई विश्वकै पहिलो हाइपर इलेक्ट्रिक स्कुटर भनिएको छ ।
 त्यसैगरी गोगोरो जेगो मास इलेक्ट्रिक स्कुटर हो । सर्वसाधारण धेरैले प्रयोग गर्ने तरिकाले यसको डिजाइन गरिएको छ ।

त्यसैगरी गोगोरो जीएक्स २५० इलेक्ट्रिक स्कुटर कार्यालय प्रयोजनका साथै सामान ओसारपसार गर्न र अन्य कार्यका लागि समेत प्रयोग गर्न सकिने बहुउपयोगी छ ।

बुधबार, २३ साउन २०८१, १३ : ४६

प्रतिक्रिया