काठमाडौँ - यस वर्षको मनसुन बुलेट राइड साउन २५ र २६ गते हुने भएको छ ।
नेपालको आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकीले भोलि र पर्सि उक्त कार्यक्रम हुने जानकारी गराए । उक्त दुई दिने कार्यक्रममा करिब ३५ वटा बुलेट बाईकले काठमाडौँदेखि चुम्लिङ्टारसम्मको यात्रा गर्ने छ । पहिलो दिन काठमाडौँबाट रिभर फन रिसोर्टसम्म यात्रा गरिने छ । उक्त कार्यक्रममा विभिन्न बाईक सम्बन्धी मनोरञ्जनात्मक खेलहरू खेलाउनुका साथै र्याफ्टिङ पनि गराइने छ ।
प्रतिक्रिया