काठमाडौं- महिन्द्राले अघिल्लो महिना भारतमा बिक्री सुरु गरेको ‘एक्सयूभी थ्रीएक्सओ’ नेपाल ल्याएको छ । आधिकारीक बिक्रेता अग्नी इनकर्पोरेट प्रालिले नेपाल ल्याएको थ्रीएक्सओ आगामी नाडा अटो शोमा प्रदर्शनी हुने भएको हो ।
कम्पनीले दुई भेरियन्टमा थ्रीएक्सओ नेपाल ल्याएको छ । बिक्री भने थप भेरियन्टमा गर्ने अनुमान गर्न सकिन्छ । नेपाल आएको थ्रीएक्सओ मोडलमा १।२ लिटर टिसिएमपी एफआई इन्जिन उपलब्ध छ ।
महिन्द्राले ३५० एमएम वाटर वेडिङ क्यापासिटी दिएर ल्याएको नयाँ एक्सयूभी थ्रीएक्सओ मोडलमा अप्रोच एङ्गल २३।६ डिग्री, डिपार्चर एङ्गल ३९।६ डिग्री दिएको कारण यसको अफरोड पर्फमेन्स उत्कृष्ट हुने दावी गरिएको छ ।
कम्पनीले यसको अगाडिको फेस आउँदै गरेको ब्याट्री इलेक्ट्रीक भेहिकलबाट प्रेरित रहेर तयार पारेको छ । ठूलो एलइडी डिआरएल, कन्भेन्सनल हेडलाइट सेटअप, कनेक्टीङ टेललाइट, १७ इन्चको नयाँ अलोय ह्वील, पानारोमिक ग्लास रुफ जस्ता फिचर दिएको छ ।
यसको इन्टेरियर पनि ठूलो परिवर्तन भएर आएको छ । कम्पनीले यसमा १०।२५ इन्चको फ्लोटिङ डिस्प्ले र त्यहि साइजको टीएफटी डिस्प्ले दिइएको छ । हर्मनको अडियो सिस्टम, नयाँ स्टेरिङ ह्वील, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटरिङ सिस्टमसँगै लेभल २ एडास फिचर पाउन सकिन्छ ।
यसमा दिइएको एडास फिचर भित्र फर्वाड कोलिजन वार्निङ, स्मार्ट पाइलट एसिस्ट, एडाप्टीभ क्रुज कन्ट्रोल, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी ब्रेकिङ सिस्टम, ट्राफिक साइज अर्लट जस्ता फिचर छन् । सबै भेरियन्टमा ६ एयरव्याग र एडास फिचर उपलब्ध कारमा सुरक्षाको लागि क्र्यास सेफ्टीदेखि हिल एसिस्टसम्मका फिचर पाउन सकिन्छ ।
प्रतिक्रिया