काठमाडौँ - बनेपामा इलेक्ट्रीक गाडी बीवाईडीको मान्यता प्राप्त वितरक कामना अटोमोबाइल्स प्रा.लि. ले बनेपामा एक्सचेञ्ज क्याम्प आयोजना गरेको छ ।
ग्राहकले आफैँसंग भएको कुनै पनि पुरानो गाडी बीवाईडी एट्टो ३ र डलफिन सँग तुरुन्तै साट्न सक्ने बीवाईडीका डिलर इन्चार्ज सौरव सङ्ग्रौलाले जानकारी दिए । श्रावण २५,२६ र २७ गते चल्ने क्याम्पमा विवाइडीको डल्फिन र एट्टो ३ मोडल प्रदर्शनमा राखिनेछ ।
सर्वाधिक बिक्री हुने र प्यासेन्जर कारको छबी बनाएको बीवाइडीले एक्सचेञ्जमा ग्राहकलाई आकर्षक योजना ल्याएको कामना अटोमोबाइल्सका प्रबन्धक लक्ष्मण वन्जाराले जानकारी दिए । १ वर्षको अटो प्लस बिमा, ७ किलोवाट क्षमताको चार्जर, भेइकल-टु-लोड केवल र ७ वर्षको लागि ८० प्रतिशत फाइनान्स सुविधा जसमा ८.५ प्रतिशत ब्याजदरको सुविधा रहेको सङ्ग्रौलाले जानकारी दिए ।
पुरानो गाडीलाई उच्च मूल्याङ्कन र अतिरिक्त लाभ दिइने कम्पनीले जनाएको छ । एक्सचेञ्ज क्याम्पमा ग्राहकले बैंक मार्फत ७ वर्ष सम्म स्थिर रहने ब्याजदरमा गाडी खरिद गर्न पाउनेछन् । ८० प्रतिशत फाइनान्स सुविधा प्राप्त हुने र ब्याजदर ८.५ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया