सुजुकीको मनसुन फ्री  सर्भिस क्याम्प सुरु हुँदै

आइतबार, २७ साउन २०८१, ११ : ५६

काठमाडौँ - नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटोमोबाइल डिभिजन सीजी मोटोकर्प साउन २७ गतेदेखि सुरु हुने भएको छ ।

साउन २७ देखि सुरु हुने ‘किप योर कार इन टप सेप, एन्ड लेट द मनसुन बि एन एड्भेन्चर’ नारामा  मनसुन फ्री सर्भिस क्याम्प’ साउन २९ गतेसम्म चल्नेछ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्या देखिने भन्दै कम्पनीले उक्त क्याम्पको आयोजना गरेको हो । 

सुजुकी ग्राहकलाई यो बिषयमा जानकारी गराउन र उहाहरुको गाडीलाई राम्रो अवस्थामा राखिराख्न सो क्याम्प सञ्चालन हुनलागेको पनि कम्पनीले जनाएको छ । 
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर  पाउनको साथै ७  जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नेछन् । 

सर्भिस क्याम्पमा ग्राहकले निशुल्क एसीरहिटर  चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशत सम्मको छुट पाउनुहुनेछ भने लेवर चार्जमा २० प्रतिशतसम्मको छुट  र  स्पेयर पार्टस् र  इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनुहुनेछ । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरीका सबै सुजुकी सर्भिस सेन्टरमा हुनेछ । ५४ सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।

आइतबार, २७ साउन २०८१, ११ : ५६

प्रतिक्रिया