काठमाडौँ - सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरु नेपाली बजारमा आजबाट आएका छन् ।
नेपालको लागि सुबारुको आधिकारीक बितरक विजय मोटर्स प्रालीले आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी नयाँ मोडलहरु – २।० क्रसट्रेक हाइब्रिड आइसाईट र २।५ आउटब्याक द्वरिङ्ग आइसाईट लाई सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका यि दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु कर्पोरेशन द्धारा आविश्कार गरिएको पछिल्लो अत्याधुनिक अटोमोबिल प्रविधि, सुरक्षा, दिगोपना र कार्यक्षमतालाई प्रतिनिधित्व गर्दै साहसिक कार सवारीको नयाँ मापदण्ड तय गर्ने बताइएको छ ।
प्रतिक्रिया