एमजी मोटरका इलेक्ट्रिक सवारी किन्नेलाई इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा दिने

आइतबार, २७ साउन २०८१, १७ : ४४

काठमाडौँ - नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने भएका छन् । 

ग्राहकले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) बाट यो सुविधा पाउने भएका हुन् । एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ९एनआईएमबी० सँग सहकार्यको घोषणा गरेको छ । 

अब एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरूबाट फाइनान्स सुविधा प्राप्त गर्ने बताइएको छ। यसरी गाडी किन्दा बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टका रूपमा बुझाउनुपर्ने छ ।

 

 

आइतबार, २७ साउन २०८१, १७ : ४४

प्रतिक्रिया