काठमाडौँ - नेपालमा सिट्रोन गाडीहरूको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दै छ।
यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। यस क्याम्पमा, फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन्।
यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरूको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने कम्पनीको दाबी छ। यो क्याम्प पहिलो चरण श्रावण २७ र २८ विर्तामोडमा, श्रावण २९ र ३० बिराटनगरमा र श्रावण ३२ गते वीरगन्जमा हुँदैछ। दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाटमा हुने र त्यसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ।
प्रतिक्रिया