यातायात कार्यालय मलङ्गवाद्वारा ६ करोड राजस्व सङ्कलन

मंगलबार, २९ साउन २०८१, १२ : १३

काठमाडौँ - यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०\८१ मा ६ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

कार्यालय प्रमुख राकेशकुमार यादवका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट २ लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत १ करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । 

सवारीसाधन करबाट रु चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो । कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । 

जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

मंगलबार, २९ साउन २०८१, १२ : १३

प्रतिक्रिया