ओमोडा ईफाइभको सस्तो भेरियन्ट नेपनल आउदैँ

मंगलबार, २९ साउन २०८१, १३ : ३४

काठमाडौं- नेपाली बजारमा ओमोडा ईफाइभ (Omoda E5) को सस्तो भेरियन्ट आउने भएको छ । नेपालका लागि ओमोडा ईभीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले भदौमा हुने नाडा अटो शोको अवसर पारी ओमोडा ईफाइभ डीएलएक्स (डिलक्स) ल्याउन लागेको हो । 

नेपाली बजारमा ओमोडा ईफाइभ लक्स ९लक्जरी० यसअघि नै उपलब्ध छ । अब सस्तो अर्थात् बेस भेरियन्टको ओमोडा ईफाइभ पनि ल्याउन लागेको कम्पनीले जनाएको छ । 

हाल नेपाली बजारमा ओमोडा ईफाइभको लक्जरी भेरियन्टको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । बेस भेरियन्टको ओमोडा ईफाइभको मूल्य भने कम्पनीले ५५ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । अर्थात् यसको मूल्य लक्जरी भेरियन्टभन्दा पाँच लाख रुपैयाँ सस्तो पर्छ ।  लक्जरी भेरियन्टको तुलनामा यसमा केही फिचरहरू कम छन् । लक्जरी भेरियन्टमा सनरुफ र रियर ब्रेकिङ लाइट छ भने बेस भेरियन्टमा यो सुविधा छैन । बेस भेरियन्टमा ३६० डिग्री क्यामेराको पनि अभाव छ । त्यस्तै प्राइभेरी एन्ड साइलेन्ट ग्लासेसको फिचर पनि लक्जरी भेरियन्टमा मात्र दिइएको छ । स्पिकरका सन्दर्भमा लक्जरी भेरियन्टमा आठ ओटा र बेस भेरियन्टमा छ ओटा स्पिकर समावेश छन् । 

त्यसैगरी ओमोडा ईफाइभको लक्जरी भेरियन्टमा रियर डाइनामिक टर्निङ लाइट, पडल लाइट र पावर टेलगेटको सुविधा छ । यसको बेस भेरियन्टमा भने ती ‍फिचर छैनन् । त्यसबाहेक अरू फिचरका सन्दर्भमा ओमोडा ईफाइभको लक्जरी र बेस भेरियन्टमा समान फिचर भएको कम्पनीले जनाएको छ ।

मंगलबार, २९ साउन २०८१, १३ : ३४

प्रतिक्रिया