काठमाडौँ - चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले एकै दिन १७ वटा किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ ।
काठमाडौँका विभिन्न रुटहरुमा सेवा दिने गरी विभिन्न यातायात व्यवसायीहरूलाई कम्पनीले १४ सिटर किङलङ भ्यान हस्तान्तरण गरेको हो । पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकै दिन ती भ्यानहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सिजी मोटर्सले यसअघि सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रा.लिलाई एकैपटक २५ थान किङ्गलङ्ग भ्यान हस्तान्तरण गरेको थियो । किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल हो ।
जसमा ५०.२३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०५ बाट ८०५ चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ । ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ ।
साथै काठमाडौँमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने छ । नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उत्तिकै ठाउँमा चार्जिङ सुविधा बिक्री वितरण हुने छ ।
प्रतिक्रिया