नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब पुग्यो

आइतबार, ०२ भदौ २०८१, १० : ४३

काठमाडौँ- राजस्व असुलीमा कमी आएपछि सरकारले ऋण परिचालन बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै सरकारले एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैँया ऋण परिचालन भएको जनाएको छ। यससँगै नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुगेको छ।

कुल गार्हस्थ उत्पादन अर्थात् सिंगो अर्थतन्त्रको आकार नै ५७ खर्ब ४ अर्ब ८४ करोड रहेकोमा सार्वजनिक ऋण अर्थन्त्रको ४२.६५ प्रतिशत हुन आएको छ। सरकारले असार महिनामा मात्रै ३२ अर्ब ८९ करोड ५८ लाख ऋण परिचालन गरेको थियो।

 विदेशी ऋणको हिस्सा कति ?

नेपालको कुल ऋणमध्ये विदेशी ऋणको हिस्सा धेरै छ। नेपालले धेरै ऋण बहुपक्षीय दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंक लगायतसँग लिएको छ। यसबाहेक द्विपक्षीय दातृ निकायहरूको ऋण समेत परिचालन भएको छ ।

पूर्वअर्थमन्त्री वर्षमान पुनले संसदमा केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा धेरै ऋण बढाएको तर त्यसको उत्पादनमूलक उपयोग हुन नसक्दा मुलुक ऋणको भारले थिचिदैं गएको आरोप लगाएका थिए । ‘मूलतस् ऋण लिएर हामीले के मा उपयोग गर्‍‍यौं भन्ने हो, ऋण लिएर भ्यू टावर जस्ता संरचना बनाएर त्यसले अर्थतन्त्त्रमा उत्पादनमूलक क्षमता विस्तार हुँदैन,’ पुनले भनेका थिए । २४ खर्ब ३३ अर्ब ऋण मध्ये विदेशी ऋण करिब २२ प्रतिशत अर्थात १२ खर्ब ५३ अर्ब रुपैँया बराबर छ । यो विदेशी मुद्रामा तिर्नुपर्ने ऋण हो ।त्यस्तै आन्तरिक ऋण २०।७ प्रतिशत अर्थात कुल ११ खर्ब ८० अर्ब ९० करोड रुपैँया रहेको छ ।

आइतबार, ०२ भदौ २०८१, १० : ४३

प्रतिक्रिया