नबिल बैंकको क्रेडिट कार्ड कर्जा नतिर्नेको नाम सार्वजनिक

आइतबार, ०२ भदौ २०८१, १२ : १३

काठमाडौँ - नबिल बैंकले क्रेडिट कार्डमा कर्जा लिएर ऋण नतिर्ने ६६ जनाको नाम सार्वजनिक गरेको छ ।

बैंकले क्रेडिट कार्ड प्रयोग गरी साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम पत्रिकामा नै सार्वजनिक गरेको हो ।बैंकले एक सूचना प्रकाशन गरी क्रेडिट कार्ड कर्जाका ऋणीहरूलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको हो । 

३५ दिनभित्र कर्जा चुक्ता नगरेमा कानुन बमोजिम अघि बढ्ने साथै ऋणीलाई कालोसूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।
 

आइतबार, ०२ भदौ २०८१, १२ : १३

प्रतिक्रिया