असार महिनामा उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत

आइतबार, ०२ भदौ २०८१, १४ : ३२

काठमाडौँ - २०८१ असारमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत वर्षको असार महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८०र८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०\८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप-समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप-समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेको जनाएको छ ।

साथै, गैर-खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरू उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरूको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप-समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको छ ।
 

आइतबार, ०२ भदौ २०८१, १४ : ३२

प्रतिक्रिया