रेमिटेन्सको आप्रवाह १ खर्ब ४४५ अर्ब ३२ करोड पुग्यो

आइतबार, ०२ भदौ २०८१, १४ : ४५

काठमाडौँ - आर्थिक वर्ष २०८०\८१ मा विप्रेषण (रेमिटेन्स) आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १  खर्ब ४४५ अर्ब ३२ करोड पुगेको छ । 

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।  नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई रु।१० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या ४६०,१०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २८१,१९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४९७,७०४ र २७७,२७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई रु.१५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

आइतबार, ०२ भदौ २०८१, १४ : ४५

प्रतिक्रिया