काठमाडौँ- गत आर्थिक वर्ष घाटामा रहेको मुलुकको चालू खाता आर्थिक वर्ष २०८०/८१ मा २ खर्ब २१ अर्ब बचत रहेको देखिएको छ ।
आर्थिक वर्ष २०७९/८० मा ४६ अर्ब ५७ करोड रुपैयाँ घाटामा रहेको चालू खाता आर्थिक वर्ष २०८०/८१ भित्र २ खर्ब २१ अर्ब बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको हो ।
अमेरिकी डलरमा यस्तो चालू खाता १ अर्ब ६६ करोडले बचतमा रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा पुँजीगत ट्रान्सफर २२.९ प्रतिशतले घटेर ५ अर्ब ८१ करोड पुगेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ४० करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ७ अर्ब ५४ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब १७ करोड रहेको थियो । त्यसैगरी, शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।
प्रतिक्रिया