राष्ट्रिय वाणिज्य बैंकद्वारा फेस्टिभ अफर सार्वजनिक

सोमबार, ०३ भदौ २०८१, १६ : २८

काठमाडौँ - राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ।

यो अफरअन्तर्गत बैंक ७.७७ प्रतिशतको स्थिर ब्याजदरमै गाडी कर्जा उपलब्ध गराउने भएको छ । फेस्टिभ अफरमा प्रदान गरिने स्थिर ब्याजदरको गाडी कर्जा अधिकतम ७ वर्षका लागि हुने बैंकले जनाएको छ। यो कर्जा मात्रै ०.५ प्रतिशत प्रोसेसिङ फीमा उपलब्ध हुनेछ।

यो अफर भदौ १ गतेबाट लागू भइसकेको छ। आउँदो कात्तिक मसान्तसम्म यो अफर सञ्चालन हुने बैंकले जनाएको छ।

सोमबार, ०३ भदौ २०८१, १६ : २८

प्रतिक्रिया