विष्णु माझीको तिज गीत दुई दिनमा ३० लाख दर्शकले हेरे

सोमबार, १० भदौ २०८१, ११ : ४८

काठमाडौं- विष्णु माझीको स्वर रहेको तिज गीत युट्युबमा दुई दिनमा करिब ३० लाख दर्शकले हेरेका छन् । ‘आइन आमा यो तिजमा’को गीत शनिबार बिहान युट्युबमा रिलिज भएको थियो । 

रिलिज भएको दुई दिनमा साढे २९ लाख दर्शकले हेरेका छन् । विष्णु माझीको स्वर रहेको गीतमा सुन्दरमणि अधिकारीको शब्द तथा लय संकलन छ । 

गीतको भिडियो पनि निर्माण भएको छ । भिडियो निर्देशन सुन्दरमणिले गरेका छन् । भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका छन् ।  

गीतमा तिजमा माइत आउन नसकेको चेलीले आमालाई पठाएको सन्देश छ । गीतमा वर्ष दिनभरी घरमा आफूले भोगेका समस्या समेटिएका छन् । आमाले पीर नलिउन् भन्नका लागि आफ्नो पीडा लुकाएर ठिकठाक छ भन्ने सन्देश आमालाई सञ्चार गरेको भिडियोमा देखाइएको छ । 

सोमबार, १० भदौ २०८१, ११ : ४८

प्रतिक्रिया