नेपाल बैंकको टीकापुर शाखाको भवन उद्घाटन

सोमबार, १० भदौ २०८१, १४ : ४६

काठमाडौँ - जिल्लाको टीकापुर नगरपालीका वडा नं. १ रारामार्गमा बैंक स्थापनाको ५० वर्षपछि आफ्नै स्वामित्वको भवनबाट बैकिङ्ग कारोवार गर्ने गरीे मिति २०८१ भाद्र ०७ गते टीकापुर शाखाको विधिवत् समुद्घाटन भएको छ ।

नेपालको पहिलो बैंक समेत रहेको बैंकले देशैभरि रहेको आफ्नै जग्गामा आवश्यकताको आधारमा आफ्नै भवन निर्माण गरी कारोवार सञ्चालन गर्दै आएको छ । ग्राहकको आवश्यकतालाई मध्यनजर गरी निर्माण गरिएको ग्राहकमैत्री भवनबाट ग्राहकले सम्पूर्ण बैकिङ्ग कारोवार गर्न सक्नेछन् ।

हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन भैरहेको छ । बैंकले आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्ने  छ  । 

सोमबार, १० भदौ २०८१, १४ : ४६

प्रतिक्रिया