काठमाडौँ - नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि मिति २०८१\०५\०१ देखी २०८१\०५\३१ सम्म लागु हुने गरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने भएको छ ।
पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गर्ने साथै लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शत प्रतिशत छुट प्रदान गरिएको छ ।
हाल बैंकमा करीव ४३ प्रतिशत महीला कर्मचारीहरु कार्यरत रहेको तथा संविधानको मर्म अनुकूल समावेशि सिन्द्धान्त अनुसार कर्मचारीहरु नियुक्ति भई कार्यरत बैंक नेपालीको साच्चिकै आफ्नो बैंक भएको छ ।
बैंकले हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ । साथै आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्दै जाने छ ।
प्रतिक्रिया