ज्योति विकास बैंक र ‘लुगासुगा ट्रेडर्स’बीच  सम्झौता

सोमबार, १० भदौ २०८१, १५ : १४

काठमाडौँ - ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौंको पेप्सीकोलास्थित क्लोथिङ स्टोर ‘लुगासुगा ट्रेडर्स’ले २२ प्रतिशतसम्म छूट दिने सम्झौता भएको छ । 

सम्झौतासँगै बैंकका ग्राहकले उक्त स्टोरमा सामान खरीद गर्दा २२ प्रतिशतसम्मको छूट पाउने भएका हुन् । बैंकले ग्राहकको सुविधालाई प्राथमिकतामा राखेको छ । यससँगै देशभरका अन्य विभिन्न व्यवसायसँग निरन्तर सहकार्यसहित छूट र सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले नवजात शिशुको अकालमा हुने मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले हालसम्म करीब ९०० भन्दा बढी नेपाली शिशुको अमूल्य जीवन रक्षा गर्न सफल भएको दाबी गरेको छ । बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउण्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ । 
 

सोमबार, १० भदौ २०८१, १५ : १४

प्रतिक्रिया