काठमाडौं- सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले साउन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य९न्याभ० असार मसान्तको तुलनामा साउन मसान्तमा वृद्धि भएको छ । असार मसान्तमा फण्डको न्याभ १० रुपैयाँ २९ पैसा रहेकोमा साउन मसान्तमा बढेर १२ रुपैयाँ ७३ पैसा पुगेको हो ।
त्यस्तै फण्डको नाफा भने असार मसान्तको तुलनामा साउन मसान्तमा केही घटेको छ । असार मसान्तमा फण्डले रू। ३ करोड ७८ लाख नाफा कमाएकोमा साउन मसान्तमा घटेर रू. ३६ करोड ६८ लाखमा झरेको हो । साउन मसान्तमा फण्डको आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो । असार मसान्तमा फण्डले कुल रू.६ करोड ४३ लाख आम्दानी गरेकोमा साउन मसान्तमा घटेर रू। ३७ करोडमा १ लाखमा झरेको छ ।
फण्ड सूचीकृत शेयरमा लगानी भने बढाएको छ । असार मसान्तमा फण्डले सूचीकृत शेयरमा रू. १ अर्ब २८ करोड लगानी गरेकोमा साउन मसान्तमा बढाएर रू। १ अर्ब ५० करोड भन्दा बढी पुर्याएको छ ।
प्रतिक्रिया