काठमाडौं – बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि नेपाल सरकारले बेलायतसँग अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबीच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धि दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
उक्त सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दुतावासका विकास निर्देशक तथा उपराजदुत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार वर्षा कार्यक्रमका लागि ३८।५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकमको रहेको छ ।
प्रतिक्रिया