गोलाप्रथाबाट छानिए इजरायल जाने कामदार

शुक्रबार, १४ भदौ २०८१, ११ : ४२

काठमाडौं – नेपालीहरुको लागि महत्वपूर्ण श्रमगन्तव्य मानिएको इजरायलमा हेरचाह क्षेत्रमा काम गर्न जाने नेपाली सहायक कामदार बिहीबार गोलाप्रथाबाट छनोट गरिएको छ।

उक्त छनौट प्रक्रिया इजरायलको जेरुसेलमस्थित जनसंख्या र अध्यागमन प्राधिकरण (पिआइविए) कार्यालयमा पूर्ण पारदर्शिता र प्रमुख अधिकारीहरूको सहभागितामा सम्पन्न भएको हो।

कुल दुई हजार दुई सय उम्मेदवारहरू यस चिठ्ठा प्रक्रियामार्फत इजरायलमा सहायक कामदारको रूपमा काम गर्न चयन गरिएको हो। चयन गरिएको समूहमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छन्।

यसलाई दूतावासले नेपाल र इजरायलबीच चलिरहेको सहकार्यमा महत्त्वपूर्ण कदमको रूपमा चित्रण गरेको छ। नयाँ सम्झौताहरूमा घरेलु हेरचाह गर्ने क्षेत्र र कृषि क्षेत्रमा कामदार समावेश हुनेछन्।

शुक्रबार, १४ भदौ २०८१, ११ : ४२

प्रतिक्रिया