काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयको बरिष्ठ ऊर्जा विज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरेकोमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बधाई ज्ञापन गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला रोशी गाउँपालिका- ९ घर भएका र इलेक्ट्रिकल इन्जिनियरिङमा स्नाकोत्तर (डिग्री) हासिल गरेका नेपाल विद्युत प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक अधिकारी नेपालको ऊर्जा क्षेत्रको नीतिगत र कार्यान्वयन तहका साथै आन्तरिक र वाह्य विद्युत बजार, ऊर्जा सुरक्षा र साइबर सुरक्षा तथा भूराजनीति र ऊर्जा कुटनीतिका ज्ञाता हुन् ।
लामो समय नेपाल विद्युत प्राधिकरणमा विद्युत व्यापार विभागको नेतृत्व सम्हालेर विद्युत उत्पादनमा सहभागी निजी क्षेत्रलाई नजिकबाट नियालेका र निजी क्षेत्रप्रति सधै सकारात्मक धारणा राख्ने अधिकारीको नियुक्तिले निजी क्षेत्र उत्साहित भएको छ ।
नेपालमा निजी क्षेत्रको विकासका लागि महत्वपूर्ण योगदान पुऱ्याएका अधिकारीको ऊर्जा मन्त्रालयमा भएको नियुक्तिपछि विदुत क्षेत्रमा निजी क्षेत्रको प्रवर्द्धन हुनुका साथै सहजीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास इप्पानले गरेको छ ।
प्रतिक्रिया