काठमाडौं- चालु आर्थिक वर्षको समीक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय अवस्था मिश्रित देखिएको छ। केही संस्थाले उल्लेख्य नाफा आर्जन गरेका छन् भने केही संस्थाको घाटा करोडौँ रुपैयाँ पुगेको छ।
नाफाका आधारमा नेसनल लघुवित्त चौथो स्थानमा रहेको छ। संस्थाले १९ करोड ५ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३२।०५ प्रतिशत बढी हो।
त्यस्तै, साना किसान विकास लघुवित्तले १८ करोड ३६ लाख १५ हजार रुपैयाँ नाफा कमाएको छ। तर, यसको नाफा अघिल्लो वर्षको तुलनामा १९।६४ प्रतिशतले घटेको छ। निर्धन उत्थान लघुवित्तले ११ करोड ५४ लाख ६० हजार रुपैयाँ नाफा कमाउँदा ८।४९ प्रतिशतको गिरावट आएको छ।
एनआईसी एसिया लघुवित्तले ११ करोड ११ लाख ४१ हजार र सूर्योदय वोमी लघुवित्तले १० करोड ८४ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
यसैगरी, मेरो माइक्रोफाइनान्सले ८ करोड ६६ लाख २३ हजार रुपैयाँ नाफा कमाउँदै अघिल्लो वर्षको घाटाबाट नाफामा फर्किएको छ। स्वारोजगार लघुवित्तले ७ करोड ३१ लाख ९८ हजार, ग्लोबल आइएमई लघुवित्तले ६ करोड ७१ लाख २ हजार र स्वावलम्बन लघुवित्तले ६ करोड ४१ लाख ३५ हजार रुपैयाँ नाफा कमाएका छन्। एनएमबी लघुवित्तको खुद नाफा ५ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ।
मातृभूमि लघुवित्तले ४ करोड ५७ लाख ७ हजार, महिला लघुवित्तले ४ करोड ३७ लाख २९ हजार र मिथिला लघुवित्तले ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।
तर, केही लघुवित्त संस्थाको वित्तीय अवस्था भने कमजोर देखिएको छ। समीक्षा अवधिमा समता घरेलु लघुवित्त २५ लाख २६ हजार रुपैयाँ घाटामा रहेको छ। सामुदायिक लघुवित्तले ६७ लाख ४१ हजार र जनउत्थान सामुदायिक लघुवित्तले १ करोड ७ लाख ३ हजार रुपैयाँ खुद घाटा बेहोरेका छन्।
त्यस्तै, आरम्भ चौतारी लघुवित्तको घाटा २ करोड ३५ लाख ६३ हजार रुपैयाँ पुगेको छ भने नेरुडे मिर्मिरे लघुवित्त २ करोड ७९ लाख ९९ हजार रुपैयाँ घाटामा रहेको छ। विजय लघुवित्तले ६ करोड ६९ लाख ८६ हजार र सीवाईसी नेपाल लघुवित्तले ७ करोड ४४ लाख ६८ हजार रुपैयाँ खुद घाटा बेहोरेका छन्।
यसले लघुवित्त क्षेत्रमा नाफा र घाटाबीचको अन्तर फराकिलो रहेको देखाएको छ। केही संस्थाले नाफा बढाउन सफल हुँदा केही संस्थाले भने घाटा कम गर्नसमेत चुनौती सामना गरिरहेका छन्।
प्रतिक्रिया