मुक्तिनाथ विकास बैंकको डिजिटल नवप्रवर्तनमा अर्को पहल: घरमै बसी कर्जा आवेदनको अवस्था हेर्न सकिने

मंगलबार, ०१ मंसिर २०८३, १४ : १५

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले “Loan Application Tracking” सेवा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत ग्राहकले बैंकमा पेश गरेको कर्जा आवेदनहरूको अवस्था तथा प्रगतिसम्बन्धी जानकारी डिजिटल माध्यमबाट सहजै प्राप्त गर्न सक्नेछन ।

ग्राहक सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै बैंकले निरन्तर Digital Transformation तथा Continuous Innovation मार्फत आफ्ना सेवा, प्रक्रिया र ग्राहक अनुभवलाई अझ सरल, प्रभावकारी तथा ग्राहक केन्द्रित बनाउँदै आएको छ । सोको निरन्तरता स्वरुप यो नवीन सेवा सार्वजनिक गरिएको हो ।

यस सेवाको माध्यमबाट ग्राहकले आफ्नो कर्जा आवेदन हाल कुन चरणमा रहेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रियाको अवस्था के छ र आवेदनसँग सम्बन्धित पछिल्ला अपडेटहरू के–के छन् भन्ने जानकारी जुनसुकै समय र स्थानबाट प्राप्त गर्न सक्नेछन । यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गई आफ्नो मोबाइल नम्बर तथा Loan Application Tracking ID प्रयोग गरी कर्जा आवेदनको अवस्था सहज रूपमा हेर्न सक्नेछन।

कर्जा आवेदनको प्रगति बुझ्न ग्राहकले शाखा कार्यालयमा उपस्थित हुने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्थालाई, यस सेवाको सुरुवातसँगैे उक्त जानकारी आफै डिजिटल रूपमा अनुगमन गर्न सक्ने भएका छन। यसले ग्राहकको समय बचत गर्नुका साथै सेवा प्रक्रियामा पारदर्शिता, सूचनामा सहज पहुँच तथा ग्राहक विश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
 

मंगलबार, ०१ मंसिर २०८३, १४ : १५

प्रतिक्रिया