बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बीमक संघको बधाई, क्षेत्र सुधारमा सहकार्य गर्ने प्रतिबद्धता

मंगलबार, ०१ मंसिर २०८३, १४ : ०६

काठमाडौं- नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

संघका अध्यक्षसहित सदस्य बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको प्रतिनिधिमण्डलले आज प्राधिकरणका नवनियुक्त अध्यक्षसँग उहाँकै कार्यकक्षमा शिष्टाचार भेटघाट गरेको हो।

भेटका क्रममा संघले नवनियुक्त अध्यक्षलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको थियो। सो अवसरमा नेपालको बीमा क्षेत्रको समग्र विकास, विस्तार तथा सुदृढीकरणका विषयमा छलफल भएको संघले जनाएको छ।

छलफलमा बीमा सेवाको पहुँच विस्तार, बीमितको हित संरक्षण तथा बीमा क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने विषयले प्राथमिकता पाएको थियो।

त्यसैगरी, नेपालको बीमा क्षेत्रको विकासका लागि नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरूबीच आपसी समन्वय, सहकार्य र सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने विषयमा पनि विचार आदानप्रदान भएको थियो।

संघले नवनियुक्त अध्यक्षको नेतृत्वमा नेपालको बीमा क्षेत्रले थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै सफल कार्यकालको शुभकामना दिएको छ।

मंगलबार, ०१ मंसिर २०८३, १४ : ०६

प्रतिक्रिया