विभिन्न ६ कम्पनीमा महालक्ष्मी विकास बैंकका ग्राहकले छुट पाउने

आइतबार, १६ भदौ २०८१, १६ : १८

काठमाडौँ - महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरूसँग सम्झौता गरेको छ।

सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्नेछन्। उक्त संस्थाहरू र प्राप्त गर्न सकिने छुट यस्ता छन् :

1.jpeg

यस किसिमको सहकार्यबाट बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ।

आइतबार, १६ भदौ २०८१, १६ : १८

प्रतिक्रिया