कुमारी बैंक र श्री एयरलाइन्सबीच सम्झौता

आइतबार, १६ भदौ २०८१, १६ : ४०

काठमाडौँ - कुमारी बैंक र श्री एयरलाइन्स बीच छूट दिने सम्झौता भएको छ । कम्पनीका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छूट प्रदान गर्न उक्त सम्झौता भएको हो ।

यस सम्झौता अनुसार श्री एयरलाइन्सका काउन्टरहरुबाट कम्पनीका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरारछोरी) ले डेबिट र क्रेडिट कार्ड, मोवाइल बैकिङ सेवाबाट रकम भुक्तानी गर्दा ५०० रुपैयाँ छूट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न विश्वास रहेको कम्पनीको भनाइ छ । कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ इकाईहरु मार्फत ग्राहकवर्गलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

आइतबार, १६ भदौ २०८१, १६ : ४०

प्रतिक्रिया