एनआईएमबी बैंकद्वारा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरू

आइतबार, १६ भदौ २०८१, १६ : ५५

काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबी) बैंक लिमिटेडले एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआईएमबी स्मार्ट लोनको सुविधा शुरू गरेको छ । 

यो सुविधाअन्तर्गत बैंकका योग्य ग्राहकहरूले  एनआईएमबी स्मार्ट एपमार्फत ५ लाख रुपैयाँसम्मको कर्जा बिनाकुनै धितो, कागजी प्रक्रिया वा बैंकमा उपस्थित नभई सजिलै लिन सक्नेछन् । बैंकले सो कर्जाको सहज भुक्तानीका लागि विभिन्न समय अवधिमा आफ्नो कर्जा तिर्ने विकल्पहरूसमेत प्रदान गरेको छ । 

ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट एपमार्फत ई-मेल भेरिफिकेसन गरी सजिलै एनआईएमबी स्मार्ट लोनमा रजिस्टर गर्न सक्ने बैंकले जनाएको छ । ‘एनआईएमबी स्मार्ट लोनका लागि योग्य हुन बैंकले तोकेका विभिन्न मापदण्ड पूरा गर्नु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘जस्तै( तलब खाता, नियमित कारोबार, अन्य चुक्ता हुन बाँकी कर्जा नभएको र कर्जाको प्रयोग तथा चुक्ता विवरण आदि ।'

योग्य ग्राहकहरूले आफ्नो एनआईएमबी स्मार्ट मोबाइल बैंकिङ एपको होमपेजबाट एनआईएमबी स्मार्ट लोन एप्लाई गरी कर्जाका सबै सुविधा र कर्जा सम्बन्धित विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 
 

आइतबार, १६ भदौ २०८१, १६ : ५५

प्रतिक्रिया